२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

मध्य भोटेकोशीको ९० लाख कित्ता शेयर असाेज २० गते खुल्ने

  • २०७८ आश्विन १३, बुधबार मा प्रकाशित ३ साल अघि
  • असोज १३, २०७८

    चौतारा : मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणका लागि यही असोज २० गतेदेखि साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ।

    कम्पनीको शेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरमा कुल ९० लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो।

    कम्पनीले यसअघि सिन्धुपाल्चोक जिल्लाका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको पहिलो चरणको शेयर सोमबार बाँडफाँड सम्पन्न गरेको छ।  जसमा आयोजना प्रभावितले अधिकतम १९० कित्ता र अन्य जिल्लाबासीले ५० कित्तासम्म शेयर पाएका छन्।

    दोस्रो चरणमा सर्वसाधारणका लागि जारी हुने शेयर खरिदका लागि लगानीकर्ताले असोज २० गतेदेखि असोज २५ गतेसम्म आवेदन दिन सक्नेछन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस