२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

नयाँ शक्ति पार्टीले वाम गठबन्धनलाई सहयोग गर्ने

Thumbnail
  • २०७४ कार्तिक २२, बुधबार मा प्रकाशित ७ साल अघि
  • खबरज्योति
    २२ कार्तिक २०७४, सिन्धुपाल्चोक ।

    पहिलो चरणमा निर्वाचन हुन लागेको सिन्धुपाल्चोक जिल्लामा नयाँ शक्ति पार्टी नेपालले वाम गठबन्धनलाई सहयोग गर्ने बताएको छ ।

    वाम गठबन्धनको सभालाई सम्बोधन गर्दै नयाँ शक्तिका प्रतिनिधि सभा २ नम्बर क्षेत्रका उम्मेदवार बिदुर चौलागाई

    प्रतिनिधि सभा २ नम्बर क्षेत्रका उम्मेदवार बिदुर चौलागाईले तिपेनीमा बाम गठबन्धनद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै वाम गठबन्धनलाई सहयोग गर्ने बताएका हुन् ।

    ‘पार्टी केन्द्रले आफ्नो सापेक्षतामा आवश्यक तालमेल गर्न जिल्लालाई छुट दिएकाले यो निर्णय लिएका हौं’, चौलगाईले भने । नयाँ शक्ति पार्टीको केन्द्रीय परिषद् सदस्य एवम् ३ नम्बर प्रदेश सम्पर्क संयन्त्रको संयोजक समेत रहेका चौलगाइले प्रत्यक्षमा वाम गठबन्धनलाई सहयोग गरेपनि समानुपातिकमा भने आफ्नै पार्टीलाई भोट माग्ने बताए । सिन्धुपाल्चोकको १ नम्बर प्रतिनिधि सभा को १ नम्बर प्रदेश सभा बाहेक सबै क्षेत्रमा उमेदवारी दिएको नयाँ शक्ति पार्टीले २ नम्बर प्रतिनिधिसभाको प्रत्यक्ष बाहेक सबै क्षेत्रमा आफ्नै पार्टीलाई भोट माग्ने नयाँ शक्ति पार्टीले जनाएको छ ।

    ‘हामी एउटै मञ्च मार्फत वाम गठबन्धनलाई जिताउने अभियानमा लागेका छौं’, वाम गठबन्धन २ नम्बर प्रतिनिधिसभा अन्तर्गत २ नम्बर प्रदेश सभाका चुनाब प्रचार प्रसार समितिका संयोजक एवं माओवादी केन्द्रका नेता चन्द्रबहादुर थापाले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस