२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

सिन्धुपाल्चोकमा सुरु गर्यो टेलिकमले इन्टरनेट सेवा

Thumbnail
  • २०७४ कार्तिक २१, मंगलबार मा प्रकाशित ७ साल अघि
  • खबरज्योति
    २१ कार्तिक २०७४, सिन्धुपाल्चोक ।

    नेपाल टेलिकमले भूकम्प प्रभावित सिन्धुपाल्चोकमा इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । वाइम्याक्स, इभिडिओ तथा थ्रीजी प्रविधिमार्फत उक्त सेवा सञ्चालनमा ल्याएको हो ।

    कम्पनीले भूकम्प प्रभावित सिन्धुपाल्चोकका १२ स्थानमा सेवा सञ्चालनमा ल्याएको हो । हालसम्म जिल्लाको सबै नगरपालिका र गाउँपालिकामा विभिन्न प्रविधिमार्फत इन्टरनेट सेवा सञ्चालनमा ल्याएको जनाएको हो । यसलाई विस्तार गरी सिंगो सिन्धुपाल्चोकभर पुर्याउने लक्ष्य टेलिकमको छ ।

    सिन्धुपाल्चोक सहित नुवाकोटका २६, काभ्रेपलाञ्चोकका ८ र रसुवाका ९ स्थानमा सो सेवा सञ्चालनमा ल्याएको हो । कम्पनीले सो क्षेत्रमा जडान गरेको वाइम्याक्स बेस स्टेशनको संख्या ३० पुगेको छ । त्यसैगरी थ्रिजी डिभाइस १५ र इभिडिओको संख्या १० पुगेको छ ।

    कम्पनीले उल्लिखित चार जिल्लाका नगरपालिका, गाउँपालिका, माध्यामिक विद्यालय, हेल्थ पोष्ट आदिमा सर्भिस प्वाइन्ट स्थापना गरी आवश्यकता अनुसार वाइम्याक्स, जिएसएम, सिडिएमए र एडिएसएल मार्फत इन्टरनेट सुविधा उपलब्ध गराएको हो ।
    सेवाग्राहीले ती स्थानमा कम्तीमा ५१२ केबीपीएस गतिको अनलिमिटेड इन्टरनेट सेवा २ वर्षसम्म निःशुल्क चलाउन पाउने छन् । कम्पनीले यी चार जिल्लाका अन्य भूकम्प प्रभावित क्षेत्रमा पनि इन्टरनेट सेवा सञ्चालनका लागि आवश्यक कार्य गरिरहेको छ ।
    भूकम्प प्रभावित क्षेत्रमा इन्टरनेट सुविधा उपलब्ध गराउनका लागि नेपाल दूरसञ्चार प्राधिकरणसँग गत २०७४ बैशाख २१ मा भएको सम्झौता अनुसार नेपाल टेलिकमले यी क्षेत्रमा आवश्यक सेवा उपलब्ध गराउन थालेको हो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस