२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

मेलम्ची खानेपानीको पुनःनिर्माण अघि बढाउन १ अर्ब

  • २०७८ आश्विन ४, सोमबार मा प्रकाशित ३ साल अघि
  • असोज ४, २०७८

    चौतारा : गत असार १ गते आएको बाढीपहिरोले मेलम्ची खानेपानी आयोजनाको पुनःनिर्माण अघि बढाउन सरकारले एक अर्ब रुपैयाँ प्रदान गरेको छ ।

    काठमाडौंमा जतिसक्दो छिटो पानी वितरण गर्न आयोजनाको पुनःनिर्माण अघि बढाउन सरकारले तत्कालका लागि सो परिमाणको रकम दिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए ।

    यसअघि सरकारसँग समितिले पुनःनिर्माणका लागि दुई अर्ब रुपैयाँको मागसहितको कार्ययोजना पेस गरेको थियो । यसवर्षको चैत्रसम्म काठमाडौंमा पानी वितरण गर्ने योजना रहेको पन्तले बताए ।

    ‘बर्खा सकिनेबित्तिकै काम सुरु हुने छ । आयोजनाको मुहान पुग्न सडक निर्माण भइरहेको छ । सडक निर्माण भएपछि स्थलमा पुगेर काम गर्न सकिने छ’ उनले भने ।

    उनका अनुसार, मेलम्चीको पानी तत्काल ल्याउन दुईवटा अस्थायी सुरुङ र हेडवक्र्सको मर्मत तथा पुल निर्माण गर्नुपर्ने हुन्छ । आयोजना स्थल पुग्न ३ वटा र अम्बाथानमा ५ वटा पुलको निर्माण गर्नुपर्ने छ ।

    यसअघि ल्याइएको प्रणालीबाट पानी ल्याउन अम्बाथानमा रहेको ‘अडिट टनेल’ र २९८ मिटर अस्थायी ‘डाइभर्सन टनेल’लाई सफा गर्नुपर्ने हुन्छ । असार १ गते आएको बाढीले खानेपानी आयोजना स्थल पुग्ने ६ किमि सडक र ५ वटा पुल बगाएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस