२०८२ बैशाख ३, बुधबार | Wed, 16, Apr, 2025

चनौटेमा बेलिब्रिज बनाउन अर्थ मन्त्रालयबाट रकम निकासा

  • २०७८ भाद्र ३०, बुधबार मा प्रकाशित ३ साल अघि
  • भदौ ३०, २०७८

    चौतारा : हेलम्बु गाँउपालिकास्थित चनौटेको रातोपुल बगाएको स्थानमा बेलिब्रिज निर्माणको लागि बजेट निकासा भएको छ।

    बेलिब्रिज निर्माणको लागि अर्थ मन्त्रालयले ९० लाख ५३ हजार रुपैयाँ निकासा गरेको हो।

    चनौटेको रातोपुल साउन १७ को बाढीले बगाएको थियो। पुल बगाएको करिब एक महिनामै अर्थ मन्त्रालयले अस्थायी रुपमा बेलिब्रिज निर्माणका लागि रकम उपलब्ध गराएको हो।

    सिन्धुपाल्चोक जिल्लाको चनौटेमा बेलिब्रिज जडान गर्न आवश्यक रकम निकासाको लागि लेखी आएको विषय पेश हुँदा अनुमानित लागत रु ९० लाख ५३ हजारको सीमा भित्र रही सडक विभागको विनियोजित बजेट भित्रैबाट खर्च गर्ने गरि बजेट छुट्याइएको छ।

    बजेट अपुग भएमा थप बजेट व्यवस्थापनको लागि लेखी पठाउन जानकारी गराउन भदौ १८ मा निर्णय भएको अर्थ मन्त्रालयद्वारा लेखिएको उल्लेख छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस