२०८२ बैशाख ७, आईतबार | Sun, 20, Apr, 2025

‘आफ्नो अधिकारको कुरा गर्दा अरूको अधिकारमा ध्यान दिनुहोस्’

  • २०७८ भाद्र २७, आईतबार मा प्रकाशित ३ साल अघि
  • भदौ २७, २०७८

    काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले एमालेको सांसदहरुलाई आफ्नो अधिकार खोज्दा अरूको अधिकारमा पनि ध्यान दिन आग्रह गरेका छन्।

    एमालेको निरन्तर अवरोधपछि सभामुखले भने, ‘आफ्नो अधिकारको कुरा गर्दा अरूको अधिकारको उच्चतम मूल्य मान्यताको कुरा हो। आफ्नो अधिकार खोज्दा अरुको अधिकार ख्याल गर्नुपर्छ। अन्य माननीयहरुले ल्याउनुभएको जनताको समस्या राख्नको लागि वातावरण बनाउन आग्रह गर्छु।

    आफूले संविधान ऐन कानुनअनुसार नै बैठक चलाएको समेत बताए।

    सभामुखले भने, ‘मैले कानुन अनुसार बैठक चलाएको छ। यसमा सबैले मनन गरेर मलाई सहयोग गर्नुहोस्। संसदीय मर्यादा कायम राखेर अब संवादमार्फत विवाद समाधान गर्न आग्रह गर्छु। संवादतर्फ अग्रसर हुनका लागि अनुरोध गर्दछु। संसद सहज ढंगले सञ्चालन हुने वातावरण बनाउन म आह्वान गर्छु।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस