२०८२ बैशाख ९, मंगलबार | Tue, 22, Apr, 2025

आज देशभर हल्का वर्षाको सम्भावना

  • २०७८ भाद्र २६, शनिबार मा प्रकाशित ३ साल अघि
  • भदौ २६, २०७८

    चौतारा : मौसम पूर्वानुमान विभागका अनुसार नेपालमा भारतको पूर्वी राजस्थानमा आसपासमा अवस्थित न्यून चापीय क्षेत्र र बंगालको खाडीको मध्यपूर्वी भू–भागमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ। साथै‚ मनसुन न्यून चापीय रेखा औसतभन्दा दक्षिणतर्फ रहेको छ।

    जसका कारण शनिबार बिहान प्रदेश १ र प्रदेश २ को मौसम बदली भई पानी परिरहेको छ। मनसुनी वायुको प्रभावको कारण यी दुवै प्रदेशमा मेघगर्जन र चट्याङसहित पानी परिरहेको छ।

    प्रदेश १ मा दिउँसोसम्मै पानी परिरहने छ भने प्रदेश २ मा दिउँसो केही कम हुने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद सजिना शाक्यले जनाकारी दिइन्। शाक्यका अनुसार दिउँसो काठमाडौं उपत्यकासहित बागमती प्रदेशका विभिन्न स्थानमा पानी पर्नेछ।

    यस्तै‚ दिउँसो र राति देशभर सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस