२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

शिविरबाट लिए ४ सय ५४ जनाले निःशुल्क स्वास्थ्य सेवा

  • २०७८ भाद्र २३, बुधबार मा प्रकाशित ३ साल अघि
  • भदौ २३, २०७८

    चौतारा : चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजना तथा जागरण राष्ट्रका लागी युवा (युथ फर नेशन) को प्राविधिक सहयोगमा एक दिने निशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ ।

    मंगलबार चौतारा साँगाचोकगढी नगरपालिका ७ मेलचौरमा भएको शिविरमा विभिन्न रोगबाट आजित भएका ४ सय ५४ जनाले निःशुल्क स्वास्थ्य सेवा लिएका हुन्।

    स्वास्थ्य परिक्षणको क्रममा जटिल रोग देखिएका तथा अप्रेसन गर्नुपर्नि १८ जनालाइ काठमाडौं रिफर गरिएको छ ।

    रिफर गरिएका मध्ये आँखाको अप्रेसन गर्नुपर्ने बिरामीहरुलाइ टिचिङ हस्पिटलमा १ हजार शुल्कमा अप्रेसन गर्ने ब्यबस्था मिलाईने टिचिङ हस्पिटलका मानसिक रोग विशेषज्ञ तथा युथफर नेसनका अध्यक्ष निकोलस भुषालले जानकारी दिए ।

    स्त्री तथा प्रशुती रोगको जटिल समस्यामा रहेकाहरुलाइ युथफर नेसनको समन्वयमा काठमाडौंका विभिन्न हस्पिटलमा निःशुल्क उपचार गरिने चौतारा साँगाचोकगढी नगरपालिका उपमेयर जानुका पराजुलीले जानकारी दिइन् । नगरवासीको स्वास्थ्य समस्या समाधानको लागि नगरपालिकाले सधैं चासो दिंदै आएको उनको भनाइ छ।

    नगर स्वास्थ प्रमुख शिव पुरीले दिएको जानकारी अनुसार शिविरमा निम्नानुसारले सेवा प्रधान गरिएको छ ।

    स्त्री तथा प्रशुती रोग २ सय ५० जना, दन्त रोग १ सय ५० जना, आँखा रोग २ सय १० जना , नाक कान घाँटी ७८ जना, मानसिक स्वास्थ २२ जना, फिजियोथेरापी ५१ जना, हाड जोर्नी तथा नसा रोग १ सय ५० जना, बालरोग १५ जना, सर्जिकल ५८ जनाले निःशुल्क स्वास्थ्य सेवा लिएका छन् ।

    एकैजनाले एक भन्दा बढी प्रकारको सेवा लिएकाले जम्मा संख्या भन्दा छुट्टयाइएको संख्या बढी देखिएको स्वास्थ्य शाखा प्रमुख पुरीले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस