२०८२ बैशाख ७, आईतबार | Sun, 20, Apr, 2025

बाबुराम, वैद्य, विप्लव र उपेन्द्र यादवसँग एकता गर्ने प्रचण्डको पहल

  • २०७८ भाद्र २२, मंगलबार मा प्रकाशित ३ साल अघि
  • भदौ २२, २०७८

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बृहत् कम्युनिष्ट पार्टी एकताको पहल भइरहेको बताएका छन्।

    माओवादी केन्द्र पाल्पाको विस्तारित बैठकलाई जुममार्फत सम्बोधन गर्दै प्रचण्डले भने, ‘हामी राष्ट्रिय हितका निम्ति परिवर्तन र क्रान्तिको पक्षमा झण्डा उठाउँछौँ। नेपालका विभिन्न कम्युनिष्ट पार्टीबीच छलफल गरी एकताको झण्डा उठाउने पहल गरिरहेका छौँ।’

    प्रचण्डले बाबुराम भट्टराई, मोहन वैद्य (किरण), नेत्रविक्रम चन्द (विप्लव) र उपेन्द्र यादवसँग सकारात्मक छलफल भइरहेकाले आफू आशावादी भएको पनि बताए।

    माओवादी केन्द्र र नेकपा (एमाले)बीच एकता गर्दा कमजोर नभएको बताउँदै देशका उत्पीडित जाति, वर्ग, लिङ्ग समुदाय एवं राष्ट्र एकताको पक्षमा झण्डा उठाउने उनको भनाइ छ।

    माओवादी पूर्ण समानुपातिक निर्वाचनको पक्षमा नै उभिएको र आगामी दिन पनि पूर्ण समानुपातिक निर्वाचनको मुद्दालाई अगाडि बढाउने उनले बताए। नेकपा गठन गर्दा वैचारिक प्रतिवेदन र सङ्गठनमा माओवादीमय भएको उनले दाबी गरे।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस