२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

पुलमाथि खोला बग्दा अरनिको राजमार्ग अवरुद्ध

  • २०७८ भाद्र २१, सोमबार मा प्रकाशित ३ साल अघि
  • भदौ २१, २०७८

    बनेपा : अविरल वर्षाले काभ्रेको पुण्यमाता खोलामा आएको बाढीले बनेपा पुलबजार क्षेत्र डुबानमा परेको छ । डुबानका कारण अरनिको राजमार्गमा यातायात संचालनसमेत अवरुद्ध भएको छ ।

    पुण्यमाता खोला धनेश्वर पुलमाथिबाट बगेपछि यातायात अवरुद्ध भएको काभ्रेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भुपेन्द्र खत्रीले जानकारी दिए । खत्रीका अनुसार पुल भन्दा करिब दुईसय मिटरमाथिबाट पानी बगेको छ ।

    विहानैदेखि यातायात अवरुद्ध बनेको प्रहरीले जनाएको छ । नदीमा पानीको बहाव हेर्दा तत्काल बाढी कम हुने अवस्था रहेको खत्रीले बताए । उनले जेसिबी प्रयोग गरेर सवारीसाधन खोल्ने प्रयास भइरहेको जानकारी दिए ।

    उक्त डुवानका कारण बनेपा–पनौती सडक अवरुद्ध भई यातायात ठप्प रहेको छ । बनेपाको पुलबजार र गोदामचोकाको धनेश्वर पुल आसपास वर्षेनी डुवानमा पर्दै आएको छ । मानव बस्तीले खोला साँगुरो पार्दै आएपछि डुवान हुन थालेको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस