२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

हेलम्बु राजमार्ग फेरि अबरुद्ध, वैकल्पिक बाटोबाट जान आग्रह

  • २०७८ भाद्र १८, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • भदौ १८, २०७८

    चौतारा : निरन्तरको बर्षा बर्षा र बाढीले पहिरो खस्दा हेलम्बु राजमार्ग पुनः अवरुद्ध भएको छ ।

    मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला रातोपहरोमा माथिबाट पहिरो खसिरहेकाले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

    पहिरो पन्छाएर सडक संचालनमा ल्याउन बर्षा बाधक रहेको र निकै जोखिम रहेकोे ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टिकाराम राईले बताए। अहिले तत्कालै सडक सञ्चालनमा ल्याउन नसक्ने भएकाले वैकल्पीक सडक प्रयोग गर्न आग्रह गरे।

    साउन अन्तिम देखिनै यहाँ निरन्तर माथिबाट पहिरो र तलबाट खोलाले सडक कटान गरिरहेको छ। सडकमा अवरोधको कारणले आवतजावत गर्ने सर्वसाधारणलाई समस्या परिरहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस