भदौ १७, २०७८
चौतारा : नेकपा एकीकृत समाजवादी पार्टीमा खुलेकी मेलम्ची नगरपालिकाकी उपप्रमख भगवती नेपालले सिन्धुपाल्चोकमा एमाले र एकिकृत समाजवादी पार्टी बराबरीको अवस्था हुने दाबी गरेकी छन्।
बुधबार जिल्ला निर्वाचन कार्यालयमा समाजवादीको पक्षमा सनाखत गर्न पुगेकी उनले भनिन्, ‘अहिले कती जनाले हस्ताक्षर गरे भन्ने महत्वपुर्ण होइन। कती जना जनप्रतिनिधि कता गए भन्दा पनि आम जनताको उपस्थितिले मात्रै पार्टीको वास्तविक शक्ति थाहा हुन्छ। त्यसले सिन्धुपाल्चोकमा बराबरीको अवस्थामा हुन्छौँ। कमजोर हुँदैनौँ।’
आफुले सत्यको बाटोमा लागेर नै नेकपा एकिकृत समाजवादी पार्टी रोजेको उनको भनाइ छ। अहिलेसम्म कम्युनिष्ट आन्दोलनले पुर्णता नपाएको र त्यसलाई आफुले रोजेको दलले मात्रै पुर्णता दिनसक्ने उनको दाबी छ।
यस्तै, बुधबार उपमेयर नेपालसहित चौतारा साँगाचोकगढी नगरपालिका १० का वडाध्यक्ष बेलबहादुर महतले समाजवादी पार्टीको लागि सनाखत गराए।
सिन्धुपाल्चोकबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गरेका सिंहबहादुर विश्वकर्मा र बागमती प्रदेशसभा सदस्य इन्द्रमाया गुरूङले पनि समाजवादी रोजीसकेका छन्।
प्रतिक्रिया दिनुहोस