भदौ १२, २०७८
चौतारा : नेकपा माओवादी केन्द्र पाँचपोखरी थाङपाल काठमाडौं सम्पर्क समन्वय समितीको अध्यक्षमा मनिश श्रेष्ठ चयन भएका छन्।
शनिबार काठमाडौंमा सम्पन्न भेलाले श्रेष्ठको अध्यक्षतामा २७ सदस्यीय कार्यसमिती चयन गरेको हो।
भेलामा बागमती प्रदेशका पुर्वमन्त्री एवम् नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य युवराज दुलालले पार्टी र संगठनलाई मज्बुुत बनाउन सबै लाग्नुपर्ने बताए।
उनले भने, जनता समक्ष माओवादी जनयुद्दले नै आजको संघीय गणतन्त्र, संघीयता धर्म निरपेक्षता हक अधिकार समावेशितालगायत विभिन्न विकासको स्रोत उजागर गरेको छ। यस्ता कुरा जनयुद्द र बलिदानबाटनैै प्राप्त भएको हो।
देश माओवादीको एजेन्डामा चलेको उनको भनाइ थियो।
त्यस्तै, नेता चन्द्रबहादुर थापाले सबै एक भएर अगाडि बढे विकाश सम्भव रहेको स्पष्ट पारे।
प्रतिक्रिया दिनुहोस