भदौ ११, २०७८
चौतारा : निरन्तरको बर्षापछि अवरुद्ध हेलम्बु राजमार्ग सञ्चालनमा आएको छ। शुक्रबार बिहान मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला रातोपहरोमा माथिबाट पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।
पहिरो पन्छाएर सडक संचालनमा आएको स्थानिय पुरु घौरासैनीले बताए।
मेलम्चीबाट काठमाडौं र काठमाडौंबाट मेलम्ची आएका यातायातका साधन र यात्रु अलपत्र परेका थिए। यसअघि पनि सोठाँउमा निरन्तर पहिरो खसिरहेको थियो।
यस्तै, धुसेनी, मानेभञ्ज्याङ तालामाराङ वैंकल्पीक सडकपनि अवरुद्ध भएकाले खुलाउन यातायात व्यवसायीले आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस