भदौ ११, २०७८
दोलखा : सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ र नेपाल हिमाय सीमापार वाणिज्य संघले दोलखाको कालिन्चोक गाउँपालिका ५ लापिलाङका दुई सय पहिरो पीडित घर परिवारलाई खाद्य सामग्री सहयोग गरेको छ।
नेपाली कांग्रेस विपद व्यवस्थापन समितिका संयोजक तथा केन्द्रीय सदस्य मोहन बस्नेतको समन्वयमा पहिरो पीडितलाई राहत हस्तान्तरण गरिएको हो।
नेपाली कांग्रेसका गाउँ सभापति सहदेव खड्काको रोहवरमा राहत सामग्री हस्तान्तरण गरिएको थियो। सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष अमृत कार्कीले सामग्री प्रदान गरे।
राहत सामग्री हस्तान्तरण गर्न संघका महासचिव शम्भुबहादुर तिमल्सिना, सदस्यहरु मोहनभक्त श्रेष्ठ, उद्धव पौडेल, र भूपेन्द्र भण्डारी लगायत दोलखा पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस