भदौ ११, २०७८
चौतारा : लगातारको बर्षा र बाढीले निरन्तर पहिरो खस्दा हेलम्बु राजमार्ग फेरि अवरुद्ध भएको छ । बिहान ६ बजेको समयमा मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला रातोपहरो माथिबाट पहिरो खसेकाले सडक अवरुद्ध भएको होर
बाटो पूर्णरूपमा अवरोध भएको मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले बताए। जति पन्छाउँदा पनि पहिरो खसिरहेकाले बैकल्पीक मार्गबाट यात्रा गर्न आग्रह गरेका छन्।
मेलम्चीबाट काठमाडौं र काठमाडौंबाट मेलम्ची आएका यातायातका साधन र यात्रु अलपत्र परेका छन्। यसअघि पनि यसठाँउमा निरन्तर पहिरो खसिरहेको छ ।
यस्तै, धुसेनी, मानेभञ्ज्याङ तालामाराङ वैंकल्पीक सडकपनि अवरुद्ध भएकाले खुलाउन यातायात व्यवसायीले आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस