२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

१२ दिन कैद भुत्तान नगरी फरार अपराधि १७ वर्ष पछि समातिए

  • २०७८ भाद्र १०, बिहिबार मा प्रकाशित ३ साल अघि
  • भदौ १०, २०७८

    चौतारा : सवारी ज्यान मुद्दामा फरार एक जनालाई १७ वर्ष पछि प्रहरीले पक्राउ गरेको छ । सवारी ज्यान मुद्दामा धादिङ जिल्ला अदालतको आदेशअनुसरा १२ दिनकोे कैद सजाय पाएपछि फरार भएकालाई १७ बर्षपछि पक्राउ गरेको हो।

    ०६१ पुष १९ गतेको फैसलापछि सिन्धुपाल्चोक वाह्रविसे नगरपालिका ९ बस्ने वर्ष ३८ को विभोर श्रेष्ठलाई बुधवार बिहान सिन्धुपाल्चोक प्रहरीले चौतारा साँगाचोकगढी ५ स्थित चौतारा बजारबाट पक्राउ गरेको हो।

    श्रेष्ठलाई पक्राउ गरि कैद जरिवाना असुल उपरका लागि सिन्धुपाल्चोक जिल्ला अदालतमा दाखिला गरेकोमा अदालतले आजै जिल्ला कारागार सिन्धुपाल्चोक चलान गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस