२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

काठमाडौँबाट ट्याक्सी चढाएर मुडे पुर्‍याइएका बालिका अलपत्र

  • २०७८ भाद्र ५, शनिबार मा प्रकाशित ३ साल अघि
  • भदौ ५, २०७८

    चौतारा : काठमाडौँबाट ट्याक्सी चढाएर सिन्धुपाल्चोक पुर्‍याइएका बालिका अलपत्र परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार काठमाडौँको जडीबुटिबाट शुक्रबार ट्याक्सी चढाएर सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका ५ मुडे बजार पुर्‍याइएका दुई बालिका अलपत्र परेका हुन् ।

    मुडे बजारमा पुगेपछि ‘सामान किनेर फर्कन्छु’ भनि दुई बालिकालाई ट्याक्सीमै छाडेर बुवाआमा हिडेकाले आफूहरु अलपत्र परेको उनीहरुले प्रहरीसँग बताएका छन् ।

    उनीहरुले आमाको नाम सीता तामाङ र बुवाको नाम नरे केसी बताएको पनि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले सामाजिक सञ्जालमा लेखेको सूचनामा उल्लेख छ ।

    ६ वर्षीया बालिका समीरा र ४ वर्षीया बालिका समीक्षा केसी अलपत्र परेको जानकारी आएपछि प्रहरीले सामाजिक सञ्जालमा उनीहरुको तस्बिरसहित बालिका अलपत्र परेको सूचना सार्वजनिक गरेको हो । बालबालिकालाई चिन्ने व्यक्तिले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा खबर गर्न पनि सूचनामा उल्लेख छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस