२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

सामुदायिक विद्यालयले असुल्न थाले शुल्क, स्थानीय तहबाटै प्रोत्साहन

  • २०७८ भाद्र १, मंगलबार मा प्रकाशित ३ साल अघि
  • भदौ १, २०७८

    चौतारा : सरकारले संविधानमा नै विद्यालय शिक्षा निशुल्क हुने भनी घोषणा गरेपनि सामुदायिक विद्यालयहरुले विभिन्न नाममा शुल्क लिएको विरुद्धमा सिन्धुपाल्चोकको चौताराका युवाहरुले विरोध जनाएका छन् ।

    सोमबार जिल्ला प्रशासन कार्यालय, चौतारा साँगाचोकगढी नगरपालिका र नेपाल पत्रकार महासंघलाई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाँउदै युवाहरुले विरोध जनाएका हुन् ।

    सरकारले माध्यमिक तहसम्म शिक्षा निशुल्क हुने घोषणा गरेपनि अधिकाँश विद्यालयहरुले विद्यार्थीहरुसँग अनेक वहाना बनाई शुल्क असुल्न नछाडेपछि युवाहरु जागरुक बनेका हुन् । विभिन्न निकाएमा ज्ञापनपत्र बुझाउदै जिल्लाका सामुदायिक विद्यालयहरुले असुल गर्दै आएको शुल्क रोक गर्न माग गरेका हुन् ।

    विद्यार्थीहरुसँग शुल्क असुलेर नेपालको संविधानको धारा ३१ को २ मा उल्लेखित हक र अधिकार हनन गर्नुका साथै शुल्क तिर्न नसक्ने बालबालिकाहरु शिक्षा पाउने हकबाट बञ्चित भएकोले आफूहरु आन्दोलन गर्न बाध्य भएको युवा रविन श्रेष्ठले बताए ।

    जिल्लाका अधिकांश विद्यालयहरुले अंग्रेजी माध्यममा पठनपाठन गराइरहेका छन् । दरबन्दीका शिक्षकहरुले सो माध्यमा अध्यापन गराउन नसक्ने भएपछि विद्यालयहरुले निजी स्रोतमा शिक्षक भर्ती गर्ने गरेका छन् । उनै शिक्षकहरुलाई तलब खुवाउने नाममा मासीक सहयोग तथा भर्ना सहयोग भन्दै विद्यालयहरुले चर्को शुल्क लिने गरेका छन् ।

    ‘सहयोग भनेको स्वैच्छिक हुन्छ । तर, सहयोगको नाममा विद्यालयहरुले निश्चित रकम अनिवार्य रुपमा उठाउँदै आएका छन्’ चौताराका स्थानीय युवा निमेष श्रेष्ठले भने, ‘बालबालिकाको निशुल्क पढ्न पाउने संविधानमा उल्लेख भएकोमा जिल्लामा भने शुल्क तिरेर पढ्नुपर्ने बाध्यता छ ।’

    सरकारले उपलब्त्र गराउने निशुल्क पाठ्यपुस्तक समेत बालबालीकाहरुले पाउँदैनन् । अंग्रेजी माध्यममा पढाउनका लागि स्थानीय तहले नै निजी प्रकाशनका महंगा पुस्तक तोकीदिने गरेका छन् । यसरी निशुल्क शिक्षा पाउनुपर्ने अधिकारलाई स्थानीय तहले नै बञ्चीत गराई विद्यार्थीसँग शुल्क उठाउन प्रोत्साहन गरिरहेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस