२०८२ बैशाख ९, मंगलबार | Tue, 22, Apr, 2025

नवलपुर-चौतारा सडक अवरुद्ध, तत्काल सञ्चालन गर्न नसकिने

  • २०७८ श्रावण ३०, शनिबार मा प्रकाशित ३ साल अघि
  • साउन ३०, २०७८

    चौतारा : अविरल वर्षाका कारण पहिरा जाँदा नवलपुर–चौतारा सडकखण्ड अवरुद्ध भएको छ ।

    इन्द्रावती गाउँपालिका-२ स्थित बेंशीमा पहिरा गएपछि सडक अवरुद्ध हुन पुगेको स्थानीयवासी विष्णु भारतीले जानकारी दिए ।

    डकमा खसेको लेदो सोहोर्ने काम भए पनि सडकको डिल नै भत्केकाले चारपाङ्ग्रे सवारी छिर्न सक्ने अवस्था नरहेको उनले बताए।

    निरन्तर रुपमा पहिरा खसिरहेकाले तत्काल सडक सञ्चालन गर्न नसकिने इन्द्रावती–२ का वडाध्यक्ष वरिबहादुर तामाङको भनाइ छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस