खबरज्योति
१७ कार्तिक २०७४, सिन्धुपाल्चोक ।
नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेको वाम गठबन्धनले २ वर्ष भित्र पुनर्निर्माण सम्पन्न गर्ने जनाएको छ ।
भूकम्प गएको ३० महिना बित्नै लाग्दा समेत ५० प्रतिशत पनि पुननिर्माण हुन सकेको छैन । तर बाम गठबन्धनले २०७६ भित्र सबै संरचनाको पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ ।
२०७२ को विनाशकारी भू–कम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माण २०७६ सालभित्र सम्पन्न गरिने वाम घोषणापत्रमा उल्लेख छ । सुरक्षित र एकीकृत वस्ती विकासका लागि उपयुक्त स्थानको खोजी गरी सकेसम धेरै परिवार बसोबास गर्न सक्ने शहरको नक्सांकन सहितको विस्तृत परियोजना तयार गरिने जनाईएको छ ।
पाँच वर्षमा सम्पूर्ण सिंचाइयोग्य कृषिभूमिमा आधुनिक सिँचाइ प्रणाली लागू गर्ने, आगामी पाँच वर्षमा सबै उत्पादन क्षेत्र, औद्योगीक क्षेत्र र सडकमा चौबिसै घण्टा पर्याप्त विद्युत उपलव्ध गराउने तथा आगामी ३ वर्षमा काठमाडौं उपत्यकाभित्र विद्युतीय सवारी साधन मात्र उपयोग गर्ने कार्ययोजना लागू गर्ने प्रतिवद्धता जनाइएको छ । ‘घर–घरमा बिजुलीः जन–जनमा शेयर’ नीति लागू गर्दै आकर्षक जलविद्युत परियोजनामा जनता र सरकारको संयुक्त लगानी प्रवद्र्धन गर्ने दावी एमाले र माओवादीले गरेका छन् ।
’पूर्ण प्रेस स्वतन्त्रता सहितको लोकतन्त्र’ लागु गर्ने योजना वाम गठबन्धनको रहेको छ । आमसञ्चार माध्यमलाई निष्पक्ष, व्यवसायिक, उत्तरदायी र जिम्मेवार उद्योगका रुपमा विकास गर्ने योजनामा वाम शक्ति लागेको छ ।
यस्तो छ माओवादी र एमालेको संयुक्त चुनावी घोषणापत्र : (घोषणापत्रको लागि तलको लिङ्कमा क्लिक गर्नुस्)
joint-Manifesto-final-draft 1 (1)
प्रतिक्रिया दिनुहोस