२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

प्रजिअहरुलाई सरकारको निर्देशन : कोरोना तेस्रो लहरकाे तयारी थाल्नू

  • २०७८ श्रावण २९, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • साउन २९, २०७८

    चाैतारा : सरकारले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट जोगिने तयारी गर्न निर्देशन दिएको छ। 

    गृह मन्त्रालयले कोरोना उपचारका लागि आइसोलेसन सेन्टर, अस्पताल र मेडिकल कलेज सूचीकृत गरी काम अगाडि बढाउन निर्देशन दिएको हो।

    मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै कोरोनाको तेस्रो लहर आउन सक्ने भन्दै पूर्व तयारी गर्न सिडिओहरूलाई निर्देशन दिएको हो। 

    यसअघिको अवस्थामा सञ्चालन भएका अस्पतालहरू हाल स्थगन गरिएको हुँदा सम्भावित जोखिमलाई मध्यनजर गर्दै हाल अस्पताललाई सूचीकृत गर्नु पर्ने आवश्यक देखिएको मन्त्रालयले जनाएको छ।

    यस्तै, सूचीकृत अस्पतालमा रहेका संक्रमितको तथ्यांक तथा विवरण दैनिक अद्यावधिक गर्न मन्त्रालयले निर्देशन दिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस