२०८२ बैशाख ६, शनिबार | Sat, 19, Apr, 2025

११ महिनापछि विद्युत् प्राधिकरणमा फर्किए कुलमान

  • २०७८ श्रावण २७, बुधबार मा प्रकाशित ३ साल अघि
  • साउन २७, २०७८

    काठमाडौं : नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनःनियुक्ति पाएका कुलमान घिसिङले आजबाट जिम्मेवारी सम्हाल्ने भएका छन्।

    यसअघि ४ वर्षे कार्यकाल पूरा गरी बिदा भएका घिसिङलाई देउवा सरकारले पुनः विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्ति दिएको हो।

    सोहीबमोजिम घिसिङले आजबाट प्राधिकरणको जिम्मेवारी सम्हाल्ने भएका हुन्। उनले आजै पदबहाली गर्न लागेको बताएका छन्। ११ महिनापछि फेरि विद्युत् प्राधिकरणमा फर्किएको उनकोे भनाइ छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस