२०८२ बैशाख ७, आईतबार | Sun, 20, Apr, 2025

‘हेलम्बु-मेलम्ची क्षेत्रमा राहतको नाममा एक गेडा चामल गएको छैन’

  • २०७८ श्रावण २७, बुधबार मा प्रकाशित ३ साल अघि
  • साउन २७, २०७८

    चौतारा : नेकपा एमालेका सांसद शेरबहादुर तामाङले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेका छन् ।

    मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बाढी र पहिरोबाट अत्यधिक प्रभावित सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्र संकटग्रस्त घोषणा गर्न माग गरेका हुन् ।

    सो क्षेत्रमा राहतको नाममा एक गेडा चामल र छतको नाममा एउटा टेन्ट पनि नपुगेको सांसद तामाङले बताए । उनले भने, ‘उद्धार, राहत र पुनस्र्थापनाको प्याकेज छिटो भन्दा छिटो शुरु गर्नुपर्छ ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस