साउन २६, २०७८
चौतारा : कोभिसिल्ड खोपको पहिलो डोज लगाएर दोस्रो डोज लनाउन नपाएकाहरुलाई आजबाट लगाउने भएको छ।
सिन्धुपाल्चोकका ६५ वर्ष माथिका व्यक्तिहरुले मंगलबारबाट एस्ट्रोजेनीक खोप लगाउन पाउने भएका छन्। तीन दिनसम्म चल्ने खोप अभियानमा जिल्लाका सबै स्वास्थ्य केन्द्रहरुबाट एस्ट्रोजेनीक खोप लगाउन सक्नेछन्।
पहिलो डोज खोप लगाएका ५ महिनापछि दोस्रो डोज खोप लगाउन पाउने भएका हुन् । सिन्धुपाल्चोकमा २०७७ फागुन २३ गतेदेखि पहिलो डोज कोभिसिल्ड खोप लगाउनेले दोस्रो डोज पाएका थिएनन्।
सिन्धुपाल्चोकमा १२ हजार २ सय ४६ जनाले पहिलो डोज लगाएर दोस्रो डोज लगाउन पाएका छैनन्। जापान सरकारले कोभिसिल्डकै फर्मुलामा तयार भएको एस्ट्रोजेनीक खोप उपलब्ध गराएपछि दोस्रो डोज खोप दिन लागिएकोे हो।
जिल्लाका यसअघि खोप कार्यक्रम सञ्चालन भएका सबै स्वास्थ्य केन्द्रहरुबाट यो खोप उपलब्ध गराइने स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाँइले बताए ।
प्रतिक्रिया दिनुहोस