२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर कक्षा १२ को परीक्षा

  • २०७८ श्रावण २१, बिहिबार मा प्रकाशित ३ साल अघि
  • साउन २१, २०७८

    चौतारा : स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रूपमा कार्यान्वयन गर्दै कक्षा १२ का विद्यार्थीको अन्तिम वार्षिक परीक्षा सञ्चालन गरिने भएको छ ।

    पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण बढे पनि निर्धारित समयमै परीक्षा सञ्चालन गर्नु नै उपयुक्त हुने बरु मापदण्ड पालनामा आफूहरूसमेत सजग रहने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

    बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै सरकारले परीक्षा सञ्चालन गर्न आफूहरूलाई निर्देश गरेको र त्यसको कार्यान्वयन गराइने जानकारी दिए । परीक्षा स्थगित नहुनेसमेत बोर्डले स्पष्ट पारेको छ।

    बोर्डले यस पटक कक्षा १२ को परीक्षामा एक बेन्च, एक विद्यार्थीको नीति लागू गराउनेछ । यसका साथै एउटा कक्षा कोठामा बढीमा २५ भन्दा बढी विद्यार्थी राखिनेछैन भने परीक्षा केन्द्रमा पनि एक दिनमा १५० भन्दा बढी विद्यार्थीलाई सहभागी नगराइने भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस