२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

मेलम्ची क्षेत्रको भौगर्भिक अध्ययन गर्न भूगर्भविद् जाने, ड्रोनको सहायता लिइने

  • २०७८ श्रावण २०, बुधबार मा प्रकाशित ३ साल अघि
  • साउन २०, २०७८

    चाैतारा : बाढी पहिरोबाट ग्रस्त सिन्धुपालचोकको मेलम्ची क्षेत्रको भौगर्भिक अध्ययन गर्न भूगर्भविद्को टोली भोलि जाने भएको छ ।

    आज त्यसतर्फ जाने पूर्वतयारी भए पनि मौसम प्रतिकुल भएका कारण जान नसकिएको खानी विभागका सिनियर डिभिजनल भूर्गभविद् शिवकुमार बास्कोटाले बताए।

    मौसममा समस्या नआए भोलि जाने तयारी रहेको बताए । प्राविधिक टोलीले बाढी र पहिरोको के कसरी भयो भनेर विस्तृत अध्ययन गर्ने छ । बाढी अर्थात लेदो बगेको मुहानमै चार दिन बसेर अध्ययन गरिने भूर्गभविद् बास्कोटाले बताए।

    अध्ययनको लागि चाहिने उपकरणको साथै डोनमार्फत त्यस क्षेत्रको अवस्था हेरिने छ । त्यस क्षेत्रको मुहानमा पाल टाँगेर बस्ने योजना रहेको छ ।
    सिन्धुपालचोकको भेमाथानको माथिनै बसेर अध्ययन गर्ने कार्यक्रम रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्वप्रसाद अर्यालले बताए।

    स्थलगत अध्ययन पछि कसरी के कारणले बाढी पहिरो आयो भनेर कारण थाहा हुने उनकाे भनाइ छ।

    यस अघि पनि विभिन्न सरोकारवाला निकायको टोली त्यसतर्फ स्थलगत अवलोकन गरिसकेको भए तापनि व्यबस्थित अध्ययन हुन भने सकेको छैन् ।

    अध्ययन पछि लेदोको बग्नुको कारण र त्यस क्षेत्रका आगामी दिनको हुने जोखिम बारे थाहा हन सक्ने छ । मेलम्चीमा आएको बाढीका कारण त्यस क्षेत्रमा जनधनको ठुलो नोक्सानी गरेको छ । खाने विभागका सिनियर डिभिजनल भूर्गभविद् शिवकुमार बास्कोटाको संयोजकत्वमा टोली जान लागेको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस