साउन १७, २०७८
चौतारा : हेलम्बु गाउँपालिकासँग सडक सञ्जालबाट टुटेको छ। चनौटेस्थित रातोपुल बाढीले बगाएपछि हेलम्बु गाउँपालिका सडक सञ्जालबाट टुटेको होर
मेलम्ची ७ र ८ पाँचपोखरी १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एक मात्र विकल्पको पुल गयरातीदेखि उर्लिएको बाढीले बगाएको हो। असार १ गते आएको बाढीले जोखिममा रहेको पुल गएराती उर्लिएको बाढीले बगाएको हो।
चनौटेको रातो पुल पनि बगेपछि अब मेलम्ची बजारदेखि माथि मेलम्ची नदीमा कुनै पुल बाकी नरहेनको बागमती प्रदेशका पुर्व सामाजिक विकास मन्त्री युवराज दुलाल शरदले बताएका छन्।
उनले फेशबुकमा लेखेका छन्, ‘असाधारण संकटको सामना गर्नु पर्ने स्थिति आएको छ। सबैले धैर्य गरौं। सबै जुटेर विपत्तिले सृजना गरेको आपतबाट जनजीवन सञ्चालन गरिनेछ।’
असार १ गते आएको बाढीले हेलम्बुदेखि मेलम्चीसम्मको ठुुलो मानविय र भौतिक क्षति भएको थियो।
प्रतिक्रिया दिनुहोस