२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

मेलम्चीमा बाढी : रेडियो मेलम्ची बगायो, प्रहरी चौकी विस्थापित

  • २०७८ श्रावण १७, आईतबार मा प्रकाशित ३ साल अघि
  • साउन १७, २०७८

    चौतारा : सिन्धुपाल्चोकको मेलम्चीमा गएराति फेरि ठूलो बाढी आएको छ । स्थानीयका अनुसार यो बाढी गत असार १ को भन्दा पनि ठूलो छ । असार १ मा आएको बाढीका कारण त्यहाँ ठूलो जनधनको क्षती भएको थियो ।

    गए राति आएको बाढीका कारण केही घरमा क्षति पुगेको छ । त्यस्तै तालामाराङको प्रहरी चौकी विस्थापित भएको छ ।

    गए रातिको बाढीले रेडियो मेलम्चीको भवन बगाएको स्टेसन म्यानेजर देवराज सुवेदीले जानकारी दिएका छन् । साथै खोलाको धार परिवर्तन भइ तालामाराङ प्रहरी चौकीको भान्छा घर समेत बगाएको उनको भनाइ छ ।

    ‘रेडियो मेलम्चीको भवन ढलेको छ साथै मीन देउजाका अनुसार खोलाको धार परिवर्तन भई तालामाराङ प्रहरी चौकीको भान्छा घर समेत लगेको भन्ने खबर आयो, ‘सुवेदीले फेसबुकमा लेखेका छन्, ‘अब हाम्रो वस्ति तिर छिर्ने संभावना बढेर गएको छ सबै सुरक्षित बस्नुहोला ।’

    राति करिब पौने ९ बजेतिर आएको बाढीले चनौटै, ग्याल्थुङ बजार तहसनहस बनाएको छ । असार १ को बाढीले क्षति पुर्‍याएको ठाउँमा बाढीले थप क्षति पुर्‍याएको बताइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस