२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

प्रभावकारी बन्दै चौतारामा ‘जनतासँग मेयर’ कार्यक्रम

  • २०७८ श्रावण १६, शनिबार मा प्रकाशित ३ साल अघि
  • साउन १६, २०७८

    चाैतारा : चौतारा साँगाचोकगढी नगरपालिकाले सुरु गरेको ‘जनता सँग मेयर’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

    नगरपालिकाको प्रत्यक बस्तीमा पुगेर जनतासँग प्रत्यक्ष छलफल गरी नयाँ कार्यक्रम तय गर्ने उद्देश्यले गत सालबाट नै सो कार्यक्रम शुरु गरेको थियो ।

    नगरपालिकामा हुने विकास निर्माणका कामहरु सञ्चालन गर्न प्रत्यक्ष नगरबासीकै घर दैलोमा पुगेर आवश्यकता पहिचान गरि विकासका कार्यक्रम सञ्चालन गर्ने अभियान शुरु गरेको नगर प्रमुखका स्वकिय सचिव रोहित शर्माले बताए।

    सोहि अभियान अनुसार शनिबार नगरपालिका ८ इर्खुमा सो कार्यक्रम सम्पन्न भएको छ ।
    नगरबासीको गुनासो र आवश्यकता बुझ्न इर्खु पुगेका नगर प्रमुख अमान सिं तामाङले कसैलाई पनि भेदभाव नगरी बजेट तथा कार्यक्रमहरु सञ्चालन गरेको अवगत गराउदै अब पनि पालिकाबासीको आवश्यकता हेरेर कार्यक्रमहरु तय गर्ने बताए ।

    उनले भने, ‘नयाँ शिराबाट अगाडि बढ्नको लागि गाँउगाँउमा पुगेर योजना छनोट गर्ने कार्यको सुरूवाती भएको थियो। यसको प्रभावकारीता बढ्दै गएपछि यो कार्यक्रमले निरन्तरता दिइएकाे छ।’

    सो कार्यक्रममा नरसिंह पातला देवी मन्दिर निमार्णको लागि नगरप्रमुख तामाङले रु ३ लाख बजेट समेत विनियोजन गरेका छन् । मन्दिर परिसरमा भएको सो कार्यक्रममा उपस्थित सबै स्थानीयको माग मन्दिर निर्माण रहको र प्रभावकारी समेत सोही हुने हुँदा सो मन्दिरको लागि बजेट दिने घोषणा गरेको समेत तामाङले बताए।

    उनी भन्छन्, ‘अब निवेदन बोकेर नगरपालिका पुग्नेहरुको योजना पास हुने छैन, कुन योजना कति आबश्यक छ आफुनै बस्ति बस्तिमा नै पुगेर वास्तविक र अति आवश्यकका योजना छनोट गरि बजेट विनियोजन गरिनेछ।’

    वडाध्यक्ष तिर्थबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य तथा खेलकुद संयोजक उजारसिं तामाङ, नगर कार्यपालिका सदस्य तथा माओवादी केन्द्रका नगर कमिटी सदस्य सागर परियार, सोही वडाका पार्टी वडा कमिटी अध्यक्ष रामकृष्ण दंगाललगायतकाे उपस्थिति रहेको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस