२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

मेलम्चीको एकै गाउँका ३० जना बिरामी (फाेटाेसहित)

  • २०७८ श्रावण १६, शनिबार मा प्रकाशित ३ साल अघि
  • साउन १६, २०७८

    चौतारा : सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ चापाबोट चालिसे गाउँमा पुजाको प्रसाद खाँदा करिब ३० जना बिरामी भएको छन्।

    बिहिबारको पुजामा सहभागी भएर प्रसाद खाएकाहरूलाई झाडापखाला लागेको मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालले जानकारी दिइन्।

    उनले भनिन्, ‘सबैलाई स्वास्थ्य चौकी ल्याउन सम्भव भएन। हामी बिहान स्वास्थ्यकर्मीसहितको टोली गएर उपचार गरेर फर्केका छौँ। ३ जनालाई मेलम्ची स्वास्थ्य केन्द्र मेलम्चीमा ल्याएका छौँ।’

    अन्य बिरामीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको उनको भनाइ छ।

    फुड पोइजनको कारणले झाडापखाला लागेको हुनाले ४८ घण्टासम्ममा सबैलाई ठिक भइसक्ने स्वास्थ्यकर्मीको भनाइ रहेकाे उनलेे बताइन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस