२०८१ माघ १७, बिहिबार | Thu, 30, Jan, 2025

मोहन बस्नेतलाई माधवको चेतावनी- हामीसँग प्रतिस्पर्धा त के छेउ पनि पर्न सक्नुहुन्न

  • २०८१ माघ ५, शनिबार मा प्रकाशित १ हफ्ता अघि
  • चौतारा । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले पूर्वमन्त्रीसमेत रहेका कांग्रेसका सांसद मोहनबहादुर बस्नेतको पतन सुरु भइसकेको दाबी गरेका छन् ।

    सिन्धुपाल्चोकको बाह्रबीसेमा आयोजित खबरदारीसभालाई सम्बोधन गर्दै उनले राजनीतिक ढंगले स्वस्थ प्रतिस्पर्धामा आउन चुनौती दिए ।

    उनले भने, ‘३२ इन्चको तिघ्रा भएको ठूलो ह्याट लगाएको मान्छेले यतिका वर्षसम्म गरेको चाहिँ के छ रु उहाँले धाकभन्दा धक्कु ठूलो भने जस्तै गरिराख्नुभएको छ । तपाईंको पतनको यात्रा सुरु भइसकेको छ । यसलाई रोकेर बुद्धिमतापूर्ण ढंगले ज्ञानको आयातन बढाएर आउनुहुन्छ, स्वस्थ प्रकारको प्रतिस्पर्धा गर्न हामी तयार छौं । पुरानै तरिकाले दायाँबायाँ गरेर आउन चाहनुहुन्छ भने तपाईं प्रतिस्पर्धा त के छेउ पनि पर्न सक्नुहुन्न ।’

    सांस्द सापकोटाले आफू र माओवादीले चुनावी प्रतिबद्धताअनुसार काम गरेको दाबी गरे ।

    उनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको भ्रष्ट सरकारले गरेको कुकर्मको भण्डाफोर गर्न नेता कार्यकर्तालाई आग्रह गरे ।

    पार्टी अध्यक्ष नेतृत्वको सरकारले गरेको कामलाई जनताकहाँ पु¥याउँदै संगठन निर्माणमा लाग्न पनि उनले आग्रह गरे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%१%

    प्रतिक्रिया दिनुहोस