२०८१ माघ १७, बिहिबार | Thu, 30, Jan, 2025

८ किलो दुर्घटना- मृत्तकको परिवारलाई १० लाख ५० हजार क्षतिपूर्ति दिने, छोराछोरी पठाउने जिम्मा पालिकाको

  • २०८१ माघ ५, शनिबार मा प्रकाशित १ हफ्ता अघि
  • चाैतारा । लामोसाँघु जिरी सडक अन्तर्गत ८ किलोमा हिजो ट्रकको ठक्करबाट मृत्यु भएको मोटरसाइकल चालकको परिवारलाई १० लाख ५० हजार क्षतिपूर्ति दिने सहमति भएको छ।
    दोलखाबाट काठमाडौं जाँदै गरेको मधेश प्रदेश ०३–००२ ख ०५३४ नम्बरको ट्रकले बागमती प्रदेश ०२–०३३ प ७३०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकल चालक लिसंखुपाखर ७ डाँडापाखरका दावा छिरिङ तामाङको घटनास्थलमै मृत्यु भएको थियो।
    तामाङको मृत्यु भएपछि आफन्तले सडक अवरुद्ध पारेपछि ट्रक कन्टेनर व्यवसायीको प्रतिनिधि अर्जुन सापकोटा र पीडितको तर्फबाट आफन्त परिवारका व्यक्तिहरु पालिका अध्यक्ष राजु लामा, वडाध्यक्ष अध्यक्ष दिनेश लामा र प्रहरीसहिको उपस्थितीमा क्षतिपूर्ति र किरिया खर्च बापत ५० हजार र २२० पल्सरको क्षतिपूर्ति दिने सहमति भएको छ।
    मृत्तकको आफन्तसँग सहमति भएपछि अरनिको राजमार्ग र जिरी राजमार्गमा भएको अवरोध हटेर सवारी सञ्चालन सुरु भइसकेको प्रहरीले जनाएको छ।
    मृत्तकको छोरा र छोरीलाई ५०/५० हजारका दरले एक लाख सहयोग गर्ने र कक्षा १२ सम्मपालिका भित्रका विद्यालयमा निशुल्क पठाउने जिम्मा पालिकाले लिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस