चाैतारा । नेकपा (माओवादी केन्द्र ) काे सहायक संगठन याेङ्ग कम्युनिस्ट लिग नेपाल (वाइसिएल ) पाँचपाेखरी – थाङ्पाल गाउँपालिका सिन्धुपाल्चोकले पछिल्लाे समय सामाजिक काममा अग्रसरता देखाइरहेकाे छ ।
गत जनैपूणिर्माकाे दिन प्रसिद्ध धार्मिक स्थल पाँचपाेखरी मन्दिर वरपरकाे फाेहाेर सफा गरेर चर्चा बटुलेकाे वाइसीएलले गत साउन ३० गते बेलुकाकाे बर्षाकाे कारण विभिन्न ठाउँमा अवरुद्ध भएकाे मेलम्ची तिपेनि भाेताङ सडक खण्डा खुलाउन सुरु गरेकाे छ ।
पहिराेका कारण विभिन्न ठाउँमा मुल सडक अवरुद्ध हुँदा तिपेनि, भाेताङधाप , बाँसखर्क लगायतका बासिन्दाहरू आवजावत गर्नकाे लागि घुमाउराे पैदल मार्ग प्रयोग गर्न बाध्य हुँदै आएका छन् ।
अवरुद्ध सडक खुलाउन पाँचपाेखरी थाङ्पाल गाउँपालिका अध्यक्ष टासी लामा समक्ष पटक पटक ज्ञापनपत्र बुझाउँदा समेत समस्याकाे समाधान नहुने देखेपछि सडक खुलाउन वाइसीएलकाे नेतृत्वमा काम सुरु गरिएकाे माओवादी केन्द्र पाँचपाेखरीका अध्यक्ष दिलबहादुर वाइवाले जानकारी दिए ।
अध्यक्ष वाइवाका अनुसार हाल मेलम्ची भाेताङ सडक खण्ड काे खाल्डे उत्तिसघारीमा ५० जना युवाले श्रमदान गरेका छन् ।
श्रमदानकाे पहिलाे दिन खाल्डे उत्तिसघारी सडकमा माेटरसाइकल गुडाउन मिल्ने बनाइएकाे र भाेलिबाट ड्याम साइडमा स्काभेटर समेत प्रयोग गरेर सडक खुलाउन लागिने पाँचपाेखरी थाङ्पालमा माओवादी नेता प्रेम पुरीले जानकारी दिए ।
माओवादी केन्द्र जनताकाे पार्टी भएकाले जनताकाे दुःखमा टुलुटुलु हेरेर बस्न नसक्ने भएकाले जनतालाइ समेत साथमा लिएर जनसेवामा लागेकाे पुरीले बताए ।
प्रतिक्रिया दिनुहोस