२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

ढुंगाखानी चलाउन खोज्नेको ‘लाइफ ड्यामेज’ बनाइदिने मोहन बस्नेतको चेतावनी

  • २०८१ भाद्र ७, शुक्रबार मा प्रकाशित ३ महिना अघि
  • चौतारा । नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकमा अवैध ढुंगाखानी सञ्चालन गर्नेहरूले तत्काल काम नरोके ‘लाइफ ड्यामेज’ पारिदिने चेतावनी दिएका छन्।

    सिन्धुपाल्चोक जिल्ला समन्वय समितिको वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा बस्नेतले जिल्लामा अवैध रुपमा ढुंगाखानी सञ्चालन जारी रहेको भन्दै यस्तो चेतावनी दिएका हुन्।

    उनले ढुंगाखानीको कारण पहिरो गइरहेकोले यसलाई रोक्नुपर्ने पनि बताए। ‘ढुंगाखानीको कारण पहिरो गइरहेको छ। अहिले पनि म ढुंगा खानी सञ्चालन रोक्न खोज्छु अरु साथीहरू चलाउन खोज्छन्,’ बस्नेतले भने, ‘अब म अरु केही भन्दिनँ। अब आइन्दा ढुंगा खानी पुलिस, प्रशासन, नेताले ढुंगाखानी चलाउने कुरा पास गर्ने काम नगर्नुहोला गर्न थाले म कारबाही गर्छु। लाइफ ड्यामेज गर्छु अब।’

    उनले स्थानीय जनप्रतिनिधि, प्रहरी प्रशासनको मिलिमतोमै ढुंगाखानी उत्खनन् हुने र बाढी पहिरोको जोखिम बढिरहने भएको पनि बताए।

    त्यस्तै बस्नेतले आफू मन्त्री हुँदा जिल्लामा धेरै आयोजना र बजेट पारेको बताए।

    उनले भने, ‘मेरो जति बजेट ल्याउने ल्याकत कसैको देखिएन। म २ नम्बरको मात्रै होइन जिल्लाभरको सांसद हुँ, मेरो जतिको बजेट ल्याउने हुती भए ल्याएर देखाउनुस्।’

    बस्नेत सिन्धुपाल्चोक-२बाट निर्वाचित सांसद हुन्। उनी नेपाली कांग्रेसको केन्द्रीय समिति सदस्य पनि हुन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस