२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

नेपाल शिक्षक संघका दुई नेता एकीकृत अखिल नेपाल शिक्षक संगठनमा प्रवेश

  • २०८१ अषाढ २७, बिहिबार मा प्रकाशित ४ महिना अघि
  • चौतारा । नेपाल शिक्षक संघका दुई नेता शिक्षक संघ परित्याग गरेर एकीकृत अखिल नेपाल शिक्षक संगठनमा प्रवेश गरेका छन्।

    कांग्रेसनिकट शिक्षक संघमा रहेर बागमती प्रदेश प्रतिनिधिको जिम्मेवारी बहन गरिरहेका चौतारा साँगाचोकगढी नगरपालिका ७ का तिलक दंगाल र शिक्षक संघ चौतारा साँगाचोकगढी नगरपालिकाका पूुर्व सभापति सविन दंगालले माओवादी निकट अखिल नेपाल शिक्षक संगठन रोजेका हुन्।

    बिहिवार चौतारामा नवप्रवेशी शिक्षक द्वयलाई माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटा, बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री एवम् माओवादी केन्द्रका केन्द्रीय सदस्य युवराज दुलाललगायतका माओवादी नेताहरुले संगठनको सदस्यता हस्तान्तरण गर्दै स्वागत गरे।

    संगठन प्रवेश कार्यक्रममा बोल्दै नवप्रवेशी शिक्षक दंगालले शिक्षक संघमा सीप क्षमताको उचित मुल्यांकन नहुने भएकाले शिक्षक संघ परित्याग गरि शिक्षक संगठनमा रोजेको बताए।

    कुनै अवसरको लागि शिक्षक संगठनमा प्रवेश गरेको नभइ आफू पुरानै (संगठन) घरमा फर्केको उनको जिकिर थियो। नवप्रवेशी शिक्षकहरुलाई स्वागत गर्दै मन्त्री दुलालले सीप क्षमतालाइ पार्टी र संगठनले उचित मुल्यांकन गर्ने बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%२%१%

    प्रतिक्रिया दिनुहोस