चौतारा । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ झिर्पु स्थित इलेक्ट्रोपावरको ढलान गर्ने क्रममा ढलान भत्किँदा २ मजदूर बेपत्ता भएका छन् । भने १० जना घाइते भएका छन् ।
बेपत्ता हुनेमा ठाकुर बाबा नगरपालिका ३ का रामदिन थारु र सोहि नगरपालिका ५ का सुमन थारु रहेका छन् ।
घाइते हुनेहरुमा बारबर्दिया नगरपालिकाका लहानु थारु, दुर्गा चौथरी, दोलखा कालिन्चोक गाउँपालिकाका ९ का आइतबहादुर थामी, विजय थामी, गोपाल थामी, दिपक थामी, आइतमान थामी, पदमबहादुर थामी, रोल्पाको लिबाङ् नगरपालिकाका शासन रोकामगर, दोलखा वैतेश्वर गाउँपालिकाका रामचन्द्र रिमाल रहेको प्रहरीले जनाएको छ।
ढलानमा छोपिएका २ जनाको इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको प्रहरीले उद्वारको प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक निरञ्जन भट्टराईले जानकारी दिए ।
घाइतेहरुको बाह्रबिसे अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ४० मेगावाट क्षमताको उक्त जलविद्युत आयोजना गत साउनबाट निर्माण कार्य सुरु भएको थियो ।
प्रतिक्रिया दिनुहोस