२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

सीबीआईबाट आएको भन्दै २ करोड डाँका मार्ने सिन्धुपाल्चाेकका तीनसहित ४ जना पक्राउ

  • २०८१ अषाढ ११, मंगलबार मा प्रकाशित ५ महिना अघि
  • काठमाडौं । भक्तपुर सूर्यविनायकको एक घरमा डाँका गरी फरार भएका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरेर पक्राउ परेकालाई आज सार्वजनिक गरेको हो ।

    पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसेका सुजन रसाइली, भोटेकोशीका भीमबहादुर तामाङ्ग, भोटेकोशीकै कृष्णबहादुर बोहरा र ओखलढुंगाका मुनाराज राई रहेका छन् । घटनापछि अनुसन्धानमा जुटेको प्रहरीले उनीहरूलाई विभिन्न मितिमा पक्राउ गरेको एसपी काजीकुमार आचार्यले जानकारी दिए ।

    यीमध्ये कृष्णबहादुर बोहरा बहालवाला हवल्दार हुन् । उनी नेपालगञ्जको महाराजगञ्ज गणमा कार्यरत् रहेको बुझिएको छ ।

    यही असार ४ गते दिउँसो १ बजे सूर्यविनायक नगरपालिका-४ दधिकोटका डिल्लीबहादुर राउतको घरमा आफूहरू सीबीआईबाट आएको भन्दै डरधम्की देखेर धनमाल लुटेको प्रहरीले बताएको छ ।

    उनीहरूले परिचयपत्र र खुकुरी समेत देखाएर राउतको घरबाट अन्दाजी २ करोड लुटेर लगेको प्रहरीको भनाइ छ । लुटेको रकम भीमबहादुर बस्दै आएको गोकर्णेश्वर माकलबारीस्थित कोठामा लगेर ५ जनाले बाँडेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

    सुजन यसअघि २०७६ सालमा पहेलो धातु देखाई सुन भन्दै ठगी गरेको र सिन्धुपाल्चोकमा कुटपिट तथा झैझगडा मुद्दामा कारबाही भोगेका व्यक्ति हुन् । उनीहरूको साथबाट घटनामा प्रयोग भएको २ वटा मोटरसाइकल, १० थान मोबाइल, पैसा बोकेको झोला, खुकुरी, ३६ लाख ३६ हजार नगदलगायतका सामान पनि बरामद भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ४%३%२%

    प्रतिक्रिया दिनुहोस