२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

बाँदरले दुःख दिएपछि रुख काट्न त्रिपुरासुन्दरी गाउँपालिकामा उर्दी

  • २०८० माघ २४, बुधबार मा प्रकाशित ९ महिना अघि
  • चाैतारा । बाँदरले दुःख दिएपछि सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिकाको वडा नम्बर ३ ले निजी जग्गाका रूख काट्न सूचना निकालेको छ।

    बाँदरले कृषि बालीनाली खाएर दुःख दिएको भन्दै वडा नम्बर ३ को वडाध्यक्ष शिव कुमार कार्कीले यस्तो सूचना जारी गरेको हो ।

    वडाध्यक्ष कार्कीले वडा नं ३ को सबै बस्तीमा बाँदर लगायत बन्य जीव जनावरले कृषि बालीनाली सखाप पारेकोले फागुन भित्रआफ्नो निजी जग्गामा भएको रुख काटी झाडी सुधार गर्न आग्रह गरेका छन् ।

    सबै वडाबासीहरुलाई लक्षित गरेर जारी गरेको सूचनामा भनिएको छ,‘त्रिपुरासुन्दरी गाउँपालिका वडा नं।३ को सबै बस्तीमा बाँदर लगायत बन्य जीव जनावरले कृषि बालीनाली सखाप पारेकोले आफ्नो निजी जग्गामा भएको रुख काटी झाडी सुधार गरि बादर लगायत जंगली जीवजनावरको बासस्थान नष्ठ गर्नु पर्ने भएकोले यहि फागुन महिना भित्र रुख काटी झाडी सुधार गर्न अनुरोध गर्दछु ।’

    साथैयस कार्यमा सवै टोल बिकास समितीर बन उपभोक्ता समितीरजनप्रतिनिधी समाजसेवीहरुले सहयोग गरिदिन समेत अनुरोध गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस