२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

मेलम्चीबाट रित्तो गाग्री बोकेर रास्वपाले थाल्यो दबाब यात्रा

  • २०८० माघ २१, आईतबार मा प्रकाशित ९ महिना अघि
  • चौतारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि ‘राष्ट्रव्यापी दबाब अभियान’सुरु गरेको छ।

    आगामी चैत २१ सम्म जारी रहने पहिलो चरणको अभियानको पार्टी सभापति रवि लामिछानेले मेलम्चीबाट अभियानको शुभारम्भ गरेका हुन् ।

    सो क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताहरुले मेलम्चीके मुहानसम्म गाग्री बोकेर दबाब यात्रा सुरु गरेको छ । उनीहरुले २१ किलोमिटर यात्रा गग्री बोकेर गर्नेछन् ।

    रास्वपाले मेलम्ची खानेपानी आयोजना निर्माणलाई पूर्णता दिन दबाबका लागि आयोजनाको कार्यालय परिसरबाटै अभियानको थालनी गर्न लागेको हो।

    सिन्धुपाल्चोक–काठमाडौं दबाव यात्राको सांसद सोविता गौतमले अगुवाइ गर्नुहुनेछ। यसअघि पनि रास्वपाले नारायणगढदेखि बुटवलसम्म ’दबाब यात्रा’ गरेको थियो।

    १ सय १३ किलोमिटर लामो सडकमा सभापति लामिछानेसहितले पैदल यात्रा गर्दै निर्माण कार्य समयमै सम्पन्न गराउन दबाब दिएका थिए।

    सभापति लामिछाने सहितले नारायणगढ-पुल्चोक-गोन्द्राङ सडकमा दबाब यात्रा गर्नेछन्।

    उपसभापति डिपी अर्यालले काठमाडौं-मधेस द्रुतमार्ग र अर्का उपसभापति स्वर्णिम वाग्लेले घुमाउने पुल र सडक स्तरउन्नती योजनामा दबाब यात्रा गर्ने भएका छन्।

    रास्वपाले गत पुस ९ देखि ११ गतेसम्म नारायणगढ-बुटवल ११३ किमी सडकमा दबाब यात्रा गरेको थियो। लामो समयदेखि अलपत्र र नागरिकले सास्ती व्यहोरिरहेका विकास आयोजना प्राथमिकतामा राखेर दबाब यात्रा गर्न लागिएको रास्वपाले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस