चाैतारा । इन्द्रावती गाउँपालिकाकाे अधिवेशन विपक्षी दलका सदस्यहरुले बहिष्कार गरेका छन् । बिहिवारकाे लागि डाकिएकाे अधिवेशन बिपक्षी दलका गाउँसभा सदस्यहरुकाे अनुपस्थिति पछि अधिवेशन स्थगित भएकाे हाे।
अधिवेशनकाे लागि गणपुरक संख्या (काेरम )नपुगेपछि स्थगन गर्नुपरेकाे इन्द्रावती गाउँपालिका अध्यक्ष झम्क नेपालले बताए । ६३ जना गाउँसभा सदस्य रहेकाेमा ३० जना मात्र उपस्थित भएकाे अध्यक्ष नेपालले बताए ।
अध्यक्ष नेपालकाे कार्यशैली पेलेर जानिखालकाे भएकाेले आफुहरुले अधिवेशन बहिस्कार गर्नुपरेकाे नेपाली काङ्ग्रेसबाट निर्वाचित इन्द्रावती- १० का वडाध्यक्ष रामचन्द्र घिमिरेले बताए ।
गाउँपालिका अध्यक्ष नेपालले प्रदेश लाेकसेवा आयाेगले खटाएका कर्मचारीलाई समेत जिम्मेवारीबिहिन बनाएकाे, वडाभेलाबाट चुनिएका उपभोक्त समितिलाइ समेत राजनितिक पुर्वाग्रह राखेर अनावश्यक दुःख दिने गरेकाे र पालिकाकाे महत्वपुर्ण सभा तथा बैठकहरुकाे समयमा जानकारी समेत नहुने गरेकाे वडाध्यक्ष घिमिरेले बताए ।
आफ्नाे कार्यशैली सच्याउन पटक पटक आग्रह गर्दा समेत अध्यक्ष नेपालले बेवास्ता गरेपछि अधिवेशनमा उपस्थित हुन नसकेकाे वडाध्यक्ष घिमिरेेले खबरज्याेतिलाई जानकारी दिए ।
अध्यक्ष एकलाैटी र स्वेच्छाचारी ढंगबाट अगाडि बढ्न खाेजेकाले पुर्वनिर्धारीत अधिवेशनमा उपस्थित हुन नसकेकाे नेकपा (माओवादी केन्द्र ) बाट निर्वाचित इन्द्रावती -७ का वडाध्यक्ष रविन्द्र खातीले जानकारी दिए ।
२० जनाकाे कार्यपालिका रहेकाे इन्द्रावती गाउँपालिकामा नेकपा (एमाले )का १०, काङ्ग्रेसका ५ , माओवादीका ४ र समाजवादीकाे १ जना रहेकाछन् । कार्यपालिकामा अल्पमतमा रहेका नेपालकाे समन्वयकारी भुमिका कमजाेर भएकाे भन्दै काङ्ग्रेस , माओवादी र समाजवादीकाे तर्फबाट निर्वाचित कार्यपालिका सदस्यहरुले लामाे समयदेखि असन्तुष्टि राख्दै आएका छन् ।
गाउँपालिका अध्यक्ष नेपालकाे स्वेच्छाचारी कार्यशैलीका कारण गाउँसभाबाट पारित गर्नुपर्ने कतिपय कानुनहरु समेत अलपत्र परेकाे विपक्षीहरुले आराेप लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस