चाैतारा । बागमती प्रदेशका भाैतिक पुर्वाधार विकास मन्त्री युवराज दुलालले विद्यार्थीकाे क्षमता मापन कागजकाे पाना (सर्टिफिकेट ) मा मात्र सीमित हुन नहुने बताएका छन् । बिहिवार वनदेवि माध्यमिक विद्यालयकाे २६ औं जन्माेत्सव तथा अभिभावक भेलालाई सम्बाेधन गर्दै गुणस्तरिय एवम् प्राविधिक शिक्षामा जाेड दिए ।
उनले भने, परिक्षामा राम्रो अंक ल्याउनुलाई मात्र शैक्षिक उपलब्धि मान्नी परिभाषा अब पुरानाे हाे। ह। समस्याकाे बाबजुत पनि समस्याकाे समाधान गर्दै देशमै केही गर्छु भन्ने विद्यार्थी उत्पादन गर्नुनै गुणस्तरीय शिक्षाकाे मर्म हाे।
विद्यालयकाे जन्माेत्सवकाे अवसरमा मन्त्री दुलाल, चाैतारा साँगाचाेकगढी नगरपालिका उपप्रमुख सीता थापा चाैतारा साँगाचाेकगढी- ५ का वडाध्यक्ष शिव श्रेष्ठ लगायतलाई सम्मानपत्रसहित सम्मान गरेकाे थियाे ।
२०५५ सालमा स्थापना भएकाे उक्त विद्यालयमा हाल १ सय ८२ छात्र र १ सय ८९ छात्रा गरि कुल ३७१ विद्यार्थी अध्ययनरत रहेकाे प्रधानाध्यापक दिपक राइले बताए ।
प्रतिक्रिया दिनुहोस