चाैतारा । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले राहदानीकाे लागि निवेदन दिएर लामाे समयदेखि लिन नआएका सेवाग्राहीहरुलाई १५ दिन भित्रमा आफ्नाे राहदानी लिन आउन सूचना जारी गरेकाे छ ।
दश बर्ष भन्दा अगाडिदेखि एम. आर . पि तथा इ-पासपोर्टकाे लागि निवेदन दिएका १५ सय भन्दा बढी राहदानी कार्यालयमा थन्किएका कारण भण्डारणमा समेत समस्या परेकाे सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्यले जानकारी दिए ।
गत असार मसान्त भन्दा अगाडि राहदानीकाे लागि निवेदन दिएका सेवाग्राहीलाई पुष मसान्त भित्रमा लिन आउन प्रशासनद्वारा जारी सूचनामा भनिएकाे छ ।
ताेकिएकाे समय भित्रमा सेवाग्राहीले राहदानी लिन नआए सम्बन्धित स्थानियतहमा पठाउने तयारी गरिएकाे प्रशासन कार्यालयले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस