२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

बन्धक बनाएर साढे १३ लाख लुटेकाे आरोपमा सिन्धुपाल्चोकका चार युवा पक्राउ

  • २०८० पौष १५, आईतबार मा प्रकाशित १0 महिना अघि
  • काठमाडौं । बन्धक बनाएर बैंक खाताको पैसा लुटेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४२ वर्षीय तेजमान तामाङ, ३२ वर्षीय कर्मा छेवाङ थिङ, २६ वर्षीय सैगात तामाङ र ३८ वर्षीय बिरे तामाङ रहेका छन् । उनीहरू सबै सिन्धुपाल्चोकका हुन् ।

    प्रहरीका अनुसार उनीहरूले गएको मंसिर १० गते दिउँसो करिब ३ बजेतिर काठमाडौंस्थित चाबहिलबाट हिस्सी थाया तामाङलाई बल प्रयोग गरेर जबरजस्ती ट्याक्सीमा चढाएका थिए । त्यसपछि उनीहरूले जंगलमा लगेर धम्की दिए । धक्कीपछि उनीहरूले तामाङलाई रातभर गागलफेदीको होटलमा राखिएको थियो ।

    पुस ११ गते उनीहरूले तामाङको बैंक खाताबाट १३ लाख ५० हजार रुपैयाँ लुटेको प्रहरीले जनाएको छ । पैसा लिइसकेपछि उनलाई छाडिदिएका थिए । सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले शनिबार उनीहरूलाई बौद्धबाट पक्राउ गरेको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस