काठमाडौं । पूर्वअरनिको यातायात प्रालिले काठमाडौं महानगरपालिका–३२ स्थित जडीबुटीमा निर्माण गरेको बसपार्क नभत्काउन उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ ।
काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र एक भन्दा धेरै बसपार्क नहुने भन्दै भत्काउने तयारी गरेपछि यातायात कम्पनीको तर्फबाट श्यामबहादुर लामाले रिट निवदेन दिएका थिए । उक्त रिटको सुनुवाइ गर्दै उच्च अदालत पाटनले आइतबार आन्तरिम आदेश दिएको हो ।
‘निवेदनको टुंगो नलागेसम्म उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम निजी जग्गामा निर्माण गरिएका संरचनाहरु नभत्काउनु भनी विपक्षीहरुका नाममा अन्तरिम आदेश जारी गरिदिएको छ,’ सुनुवाइमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस