चाैतारा । नेकपा एकीकृत समाजवादीले नेकपा एमालेमा फर्किन लागेका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक इन्चार्ज सुवास कर्माचार्यलाई पार्टीबाट निष्कासन गरेको छ ।
केन्द्रीय सचिवालयको शुक्रबार बसेको बैठकले पटकपटक सम्झाउँदा पनि नमानेकाले कर्माचार्यलाई निष्कासन गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।
कर्माचार्य शनिबार चौतारामा आयोजित कार्यक्रममा एमाले प्रवेश गर्दैछन् ।
खतिवडाले भने- पार्टीको नीति कार्यक्रम,संगठनात्मक पद्धति तथा निष्ठाका विरुद्धमा क्रियाकलाप गरी अनेकौपटक सम्झाउँदा पनि पार्टी हितका विरुद्ध गतिविधि गरकोले कर्माचार्यलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस