असार १५, २०८०
विदुर गिरी
चौतारा । तत्कालीन माओवादीले सुरु गरेको जनयुद्धमा होमिएकी सिन्धुपाल्चोक मेलम्ची १० कि चेतना तिमल्सिना यतिबेला आफ्नै जीवनसँग हारेको महशुस गरिरहेकी छन् ।
कलिलो उमेरमै युद्धमा होमिएकि तिमल्सिनाले कृष्णभीर, लम्जुङको रिपिटर टावर, रुकुमको खारा, चित्रे भञ्ज्याङ, झुरझुरे, चितवन दारेचोक, सिन्धुपाल्चोक चौतारा लगायतका दर्जनौं ठाउँमा युद्ध लडिन्। जनयुद्धको उपहार स्वरुप शरिरको विभिन्न ठाउँमा गरि २७ ठाउँमा गोलीको छर्रा बोकेर कष्टकर जीवन बिताइरहेकि तिमल्सिना यतिबेला शरिरभरि गोलीको छर्रा बोकेर आफ्नो जीवन रक्षाको लागि भौंतारी रहेकी छन्।
शरिरको ३२ ठाउँमा गोलीको छर्रा लागेकोमा ५ ओटा छर्रा शल्यक्रिया भइसके पनि अझै टाउकोमा मात्र ५ ओटा छर्रा निकाल्न बाँकी छ । एउटा अप्रेसनमा टाउकाको १ ओटा र अन्य ठाउँको २ ओटा मात्र छर्रा निकाल्न मिल्ने भएकाले दर्जनौं पटक अप्रेसन गर्नुपर्ने डाक्टरले बताएका छन् ।
न्यून आर्थिक अवस्थाका कारण उनीलाई उपचार खर्च जुटाउन निकै मुस्किल परेकाले सहयोगको लागि अपिल गर्न बाध्य भएकी छन्।
उनले दुखेसो पोख्दै भनिन्, ‘बरु उहीबेला टाउकोमा गोली लाग्देको भए यो दिन देख्नुपर्ने थिएन। आफ्नो उर्जाशिल समयमा रगत पसिना बगाएँ। अहिले त्यही पार्टीले सरकारको नेतृत्व सरकार बनेको छ। तर, उनको अवस्था फेरिएन। यही व्यवस्था ल्याउन लडेकी उनी शुभचिन्तकहरुसँग सहयोग संकलन गरेर उपचार गराउन बाध्य भएको छु।’
‘यो अवस्था देख्दा त लाग्छ उनलाई बरु गाली त्यसबेला टाउकोमा लाग्देको भए यो दिन देख्नुपर्ने थिएन’ उनको गुनासो छ।
सिन्धुपाल्चोकबाट माओवादीकोतर्फबाट १ संघीय सांसद १, प्रदेश मन्त्री र २ जना प्रदेश सांसद छन् । आफ्नो उपचार व्यवस्था मिलाइदिन पार्टीका नेताहरुलाइ धेरै पटक भनेपनि अपेक्षित सहयोग नमिलेको उनको दुखेको छ।
जुन पार्टीबाट व्यवस्था फेर्न ज्यानको बाजी राखेर युद्धमा होमिइन्। उनले आफूले गोलीको छर्रा बोकेर पार्टी नेतृत्वलाई सरकारमा पुर्याइन्। तर, अहिले उनैलाई दुख पर्दा पार्टीका सांसद, नेताहरुले फोन उठाउन छाडे। गोलीको छर्राले भन्दा उनलाई पार्टी नेतृत्वले गरेको व्यवहारले बढी पोल्छ।
१३ र १४ बर्षका २ छोरीको लालनपालन र शिक्षा समेत आफ्नै काँधमा बोकेकी पूर्वलडाकु तिमल्सिना नेपाल टेलिकम छाउनीमा सेक्युरेटी गार्डको काम गर्दै आएकी थिइन् । शरिरको ठाउँठाउँमा गडेको गोलीका छर्राहरु टन्कीन थालेपछि नोकरी गर्न नसकेको उनको भनाइ छ।
दैनिक ८ घण्टा काम गर्दै आएकी तिमिल्सिना भन्छिन्, ‘महिनाभरि दुःख गर्दा १०÷१५ हजार हात पर्थ्यो। अब त त्यो पनि गुम्यो । आफुले दुःख गरेको पार्टी र आफन्तहरुको व्यवहार देख्दा त बाँच्नै मन छैन । तर, दुई छोरिको अनुहार हेरेर आफ्नो सास अडिएको छ।’
पार्टीको खुला राजनीति गर्न स्वऐच्छिक आवकाश रोजेकी तिमल्सिना यतिबेला नत राजनीतिमा स्थापित हुन सकिन् । न त आफ्नो दैनिकलाई सहज रुपमा चलाउँन सकिन् । हिजोसँगै युद्ध लडेका साथि र पार्टीका नेताहरुले जस्तो व्यवहार गरेपनि आफ्नो पार्टीप्रतिको आस्था अझै जिवितै रहेको बताउँछिन्।
हिजो जनमुक्ति सेनाका सर्वाेच्च कमान्डर रहेका प्रधानमन्त्री प्रचण्डलाई धेरै पटक भेटेर आफ्नो गुनासो राख्ने इच्छा गरेपनि समय पाएकी छैनन् । तिमल्सिनाले हिजो जसको नीति र आदेशमा ज्यानको बाजी लगाएर युद्ध लडिन् उनै नेता आज देशका प्रधानमन्त्री छन् । आफुले भोट हालेर जिताएको एउटा नेता स्वास्थ्य मन्त्री छन् । अर्का नेता बागमती प्रदेश सरकारको भौतिक तथा पुर्वाधार मन्त्री छन् । तैपनि उनले सहारा भेटेकी छैनन्।
उनी दुखेसो पोख्दै भन्छिन्, ‘उहाँ आफ्नै पार्टीबाट नेताहरुबाट ‘खोला तर्यो, लैरो बिर्सियो’ जस्तो व्यवहार भयो।’
उनकै क्षेत्रबाट चुनाव जितेका स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत कुनै पनि नेपाली पैसाका कारण उपचारबाट बञ्चित हुनु नपर्ने आश्वासन बाँड्दै हिँडेका छन्। तर, उनले आफ्नै मतादाताको देखेनन्। उनी मिडिया र प्रचारबाजीमै रमाइरहेका छन्।
उनलाई सहयोग गर्न चाहानेहरुको लागिः
एनएमबी बैंक, कुमारी पाटी शाखा
खाता नम्बर- ०१६०१९०७२७१०००१५ (चेतना तिमल्सिना )
सम्पर्क- ९८४३८२६१७२
प्रतिक्रिया दिनुहोस