२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

मेलम्ची खानेपानी विकास समितिले पायो पुर्णता, स्थानीय निकायमार्फत बजेट खर्च गरिने

  • २०८० अषाढ ३, आईतबार मा प्रकाशित १ साल अघि
  • असार ३, २०८०

    विदुर गिरी

    चौतारा । मेलम्ची खानेपानी विकास समिति (गठन) आदेश २०७९ लागू भएसँगै समितिले पुर्णता पाएको छ । समिति गठनको आदेश दिएको अधिकार प्रयोग गर्दै २ सदस्य मनोनित गरेसँगै ७ सदस्य रहने हुनेगरी समितिले पुर्णता पाएको हो ।

    गठन आदेश बमोजिम नेपाल सरकार खानेपानी मन्त्रालयका सचिवको अध्यक्षतामा एक समिति रहने छ जसमा अर्थ मन्त्रालयका सहसचिव सदस्य, परियोजनाबाट पानी वितरण हुने काठमाडौं उपत्यका भित्रको महानगरपालिका वा नगरपालिका भित्रका प्रमुख प्रशासकीय अधिकृत मध्येबाट मन्त्रालयले तोकेको प्रमुख प्रशासकीय अधिकृत एक जना, परियोजना सञ्चालन भएका स्थानीय तहका प्रमुख वा अध्यक्ष मध्येबाट एक जना हुनेछन्।

    यस्तै, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशन, सामाजिक उत्थान कार्यक्रम सञ्चालन समितिले आफूमध्येबाट छानेर पठाएको अध्यक्ष वा सदस्य एक जना र समितिका कार्यकारी निर्देशक सदस्य सचिव रहने छन् ।

    सात जनाको समितिमा पाँच जना पदेन सहने व्यवस्था छ भने दुई जना मनोनित गरिने व्यवस्था छ । मनोनित हुनेमा परियोजना सञ्चालन भएका स्थानीय तहका प्रमुख वा अध्यक्षको तर्फबाट हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा र सरोकार समितिको तर्फबाट इन्द्रावती सरोकार समितिका अध्यक्ष विष्णुमणी आचार्य मनोनित भएका छन् ।

    समितिले पुर्णता पाएसँगै असार ४ गतेको लागि बैठक बोलाइएको समितिको सदस्य सचिव कमलराज श्रेष्ठले जानकारी दिए । भोलि बस्ने बैठकले परियोजना सञ्चालन भएका ४ ओटा सरोकार समितिलाई उनीहरुले गरेको कामको आधारमा भुक्तानी पाउँनेगरी २ करोड रुपैयाँ निकासा गरिने र स्थानीय तहमा पठाउँने बजेट छिट्टै पठाइने तयारी रहेको सदस्य सचिव श्रेष्ठले बताए ।

    मेलम्ची खानेपानी विकास समितिको अधिनमा रहेर सामाजिक उत्थानको क्षेत्रका रकम खर्च गर्दै आएको सरोकार समितिले अब स्थानीय निकायको अधीन र अनुगमनमा रहेर काम गर्नुपर्ने व्यवस्था नयाँ गठन आदेश २०७९ मा उल्लेख छ।

    सरोकार समितिले गरेको कार्यको मुल्यांकन गरि स्थानीय सरकारमार्फत रकम पठाइने हुँदा एकै योजनामा दोहोरो बजेट खर्च हुने परम्पराको अन्त्य हुने नवनियुक्त सदस्य एवम् हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए।

    आर्थिक बर्ष २०७९८० को बजेट भाषणमा मेलम्ची खानेपानी विकास समिति खारेज गरिएको थियो । खानेपानी मन्त्रालयबाट २०७९ चैत २७ गते जारी मेलम्ची खानेपानी विकास समिति (गठन) आदेश पश्चात् मेलम्ची खानेपानी विकास समिति पुनः ब्यूँताएको छ।

    गत आर्थिक बर्षबाट समिति खारेज भएदेखि हालसम्म सरोकार समितिमा कार्यरत कर्मचारीहरुले तलब नपाएको ह्योल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान सञ्चालन समितका पूर्वकार्यक्रम संयोजक शिव नेपालले जानकारी दिए ।

    सरोकार समितिहरु ३ बर्षको लागि निर्वाचित भएपनि झण्डै एक दशक भइसक्दा पनि म्याद थप्दै आइरहेका छन् । पुरानै समितिले सामाजिक उत्थानको काम गर्छ वा नयाँ ढंगबाट समिति चयन हुन्छ त्यो भने आम चासोको विषय बनेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस