२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

रवि लामिछानेकाे आग्रह- असार ७ गते साँझ ७ बजे ७७ पल्ट घण्टी बजाऔँ

  • २०८० अषाढ २, शनिबार मा प्रकाशित १ साल अघि
  • असार २, २०८०

    काठमाडौं । आफ्नो स्थापना दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर एकसाथ घण्टी बजाउने भएको छ । आफ्ना कमिटी र शुभचिन्तकलाई ७ असार साँझ ७ बजे ७७ पल्ट घण्टी बजाउन सो पार्टीका सभापति रवि लामिछानेले आव्हान गरेका हुन् ।

    यसरी घण्टी बजाएको भिडियो सामाजिक सञ्जालमा ह्यासट्यागसहित पोस्ट गर्न उनले आग्रह गरे । ‘ह्यासट्याग बज्यो घण्टी, ह्यासट्याग अब दुईतिहाइ राखेर पोस्ट गर्नुहुन म हार्दिक अनुरोध गर्दछु’, शनिबार एक भिडियो सन्देशमा लामिछानले भने ।

    गत वर्ष ७ असारमा रास्वपा गठन भएको थियो । घण्टी रास्वपाकाे चुनाव चिन्ह हाे । मंसिर २०७९ मा भएकाे प्रतिनिधिसभा चुनावमा रास्वपाले प्रत्यक्ष र समानुपातिक गरी २० सिट जितेकाे थियाे । २०८० सालमा भएकाे उपचुनावमा पनि सिट थपेसँगै उसकाे सिटसंख्या २१ पुगेकाे छ । 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस