जेठ २६, २०८०
चाैतारा । चाैतारा साँगाचाेकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकता दिँदै आएपनि लगानी सदुपयाेग हुन नसकेकाे बताएका छन् ।
नगरपालिकाले आयाेजना गरेकाे सार्वजनिक सुनुवाइ कार्यक्रमलाई सम्बाेधन गर्दै उनलेे नगरपालिकाले किसानलक्षित कार्यक्रम ल्याएपनि वास्तविक किसान आफूकाेमा आइनपुगेकाे बताए ।
उनलेे भने, ‘किसानलाई दिएकाे अनुदान सामग्री बिक्री भएकाे आवाज उठेकाे छ। त्यस्ता कुराले मलाई भावुक बनाउँछ। नगरलाई समृद्ध बनाउन कृषि क्षेत्र एउटा बलियाे खम्बा हाे। कृषिलाई जाेड दिएपनि किसानले फाइदा लिन सकेका छैनन्।’
सार्वजनिक सुनुवाइ कार्यक्रममा उपस्थितहरुले नगरपालिकाले सेवा प्रदाएकाे काम भन्दा पनि सप्लायर्सकाे रुपमा काम गर्न थालेकाे भन्दै गुनासाे गरेका थिए । नगरभित्र दर्ता भएका फर्महरुले सप्लायर्सकाे काम पाउनुपर्ने नत्र डेण्डर प्रकृयाबाट सामान खरिद गरिनुपर्ने उनीहरुकाे भनाइ थियाे ।
आर्थिक बर्ष ०७९/८० मा हालसम्म ७० प्रतिशत बजेट खर्च भएकाे प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए ।
प्रतिक्रिया दिनुहोस